१८ बैशाख २०८३, शुक्रबार

थापाथलीका सुकुम्बासीद्वारा बागमतीमा हाम फालेर आत्महत्या

काठमाडौं — सरकारले डोजर चलाएर भत्काएको थापाथलीस्थित सुकुम्बासी बस्तीका एक पुरुषले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार मृतकको पहिचान खुलिसकेको छैन। सामान सार्ने क्रममा उनले अचानक बागमतीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले शव नदीबाट बाहिर निकालिसकेको छ।

यसअघि पनि सोही बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए। सरकारले गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहराका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि सयौं परिवार विस्थापित भएका छन्। सरकारले शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा समेत डोजर चलाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button