१८ बैशाख २०८३, शुक्रबार

‘सरकारले नागरिक अधिकार खोस्दैछ, प्रारम्भिक लक्षण नै राम्रो छैन’ — माधव नेपाल

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ र एकीकृत ट्रेड युनियन महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रमा सबै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा सरकारले त्यसैलाई खोस्न खोजेको बताए।

‘विद्यार्थी र मजदुरको संगठित हुन पाउने संवैधानिक अधिकार सरकारले खोस्न खोजेको छ, जुन कसैले पनि खोस्न पाउँदैन,’ उनले भने। उनले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी दमन गर्ने कामलाई जायज नठहराउने स्पष्ट पारे। ‘सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ, प्रारम्भिक लक्षण नै राम्रो देखिएको छैन,’ उनले भने।

उनले जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगर्न सरकारलाई सुझाव दिँदै मजदुरका समस्या दीर्घकालीन रूपमा समाधान गर्न आग्रह गरे। देश अघि बढाउन कुनै समस्या भए आफूहरू पनि सँगै बसेर समाधान खोज्न तयार रहेको सह–संयोजक नेपालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button