१८ बैशाख २०८३, शुक्रबार

सम्पत्ति शुद्धीकरणविरुद्ध राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ शुक्रबार जारी गरेका छन्। सरकारको सिफारिसमा संविधानको धारा ११४ बमोजिम यो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

योसँगै सरकारले राष्ट्रपतिसमक्ष पेस गरेका ६ अध्यादेशमध्ये दुई वटा जारी भइसकेका छन्। यसअघि बिहीबार मात्र राष्ट्रपति पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए। संवैधानिक परिषद्, विश्वविद्यालय, सार्वजनिक पदाधिकारी पदमुक्ति, सार्वजनिक खरिद र केही नेपाल ऐन संशोधनसम्बन्धी बाँकी चार अध्यादेशबारे भने राष्ट्रपतिले कानुनविद्हरूसँग परामर्श जारी राखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button