२१ बैशाख २०८३, सोमबार

विदेशी राहदानी लिएका थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं — नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। यसअघि काउन्सिलले यस्तै प्रकृतिका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरिसकेको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता लिएका ती चिकित्सकको दर्ता किताबबाट नामसमेत हटाइएको छ।

लाइसेन्स खारेज हुनेमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सञ्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ती महर्जन, डा. सिर्जना श्रेष्ठ, डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरब जिसी, डा. जेनिसा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दीपिका ज्ञवाली, डा. हेमु चौरसिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button