मेक्सिकोको नायारित राज्यमा पर्यटक बस दुर्घटना, ११ को मृत्यु, दर्जनौं घाइते

काठमाडौं — मेक्सिकोको पश्चिमी नायारित राज्यमा शुक्रबार एक पर्यटक बस पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको अधिकारीहरूले जनाएका छन्।
प्रारम्भिक जानकारीअनुसार उक्त बस नियन्त्रण गुमाएर सडक किनारमा पल्टिएको थियो। घाइतेहरूलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।





