२१ बैशाख २०८३, सोमबार

इरान र सहयोगीद्वारा मध्यपूर्वका १६ अमेरिकी सैन्य केन्द्रमा क्षति, केही पूर्ण रूपमा ध्वस्त — सीएनएन खोज

काठमाडौं — इरान र उसका सहयोगीले गत फेब्रुअरी २८ मा सुरु भएको अमेरिकी–इजरायली युद्धका क्रममा मध्यपूर्वका आठ देशमा रहेका कम्तीमा १६ अमेरिकी सैन्य केन्द्रमा क्षति पुर्याएको सीएनएनको एक अनुसन्धानले खुलासा गरेको छ। तीमध्ये केही स्थानलाई व्यावहारिक रूपमा प्रयोग गर्नै नसकिने अवस्थामा पुर्याइएको छ।

सीएनएनको रिपोर्टअनुसार क्षतिग्रस्त केन्द्रहरू मध्यपूर्व क्षेत्रमा रहेका अधिकांश अमेरिकी सैन्य स्थल हुन्। क्षतिको मूल्याङ्कनबारे जानकार एक कंग्रेस सहयोगीलाई उद्धृत गर्दै भनिएको छ, ‘मूल्याङ्कनको दायरा फराकिलो छ— पूरै केन्द्र ध्वस्त भएर बन्द गर्नुपर्ने अवस्थादेखि रणनीतिक लाभका कारण मर्मत गर्नुपर्नेसम्मका राय नेताहरूबीच छन्।’

दर्जनौं स्याटेलाइट तस्वीर र अमेरिका तथा खाडी मुलुकका स्रोतसँगको अन्तर्वार्तामा आधारित उक्त रिपोर्टले तेहरानको मुख्य निशाना उन्नत रडार प्रणाली, सञ्चार प्रणाली र मध्यपूर्वमा तैनाथ विमान रहेको जनाएको छ। यीमध्ये धेरै महँगा र प्रतिस्थापन गर्न कठिन छन्। कंग्रेस सहयोगीले भने, ‘उनीहरूले ती केन्द्रलाई सबैभन्दा कम लागतमा सबैभन्दा बढी क्षति पुर्याउने लक्ष्यका रूपमा पहिचान गर्नु उल्लेखनीय छ। हाम्रो रडार प्रणाली यस क्षेत्रमा हाम्रो सबैभन्दा महँगो र सीमित स्रोत हो।’

यसैबीच, कार्यवाहक पेन्टागन कम्प्ट्रोलर जुल्स हर्स्ट तृतीयले बुधबार सांसदहरूलाई इरानसँगको द्वन्द्वले हालसम्म अमेरिकी करदातालाई २५ अर्ब डलर खर्च भइसकेको जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button