अमेरिकाद्वारा गाजा युद्धविराम अनुगमन मिसन बन्द गर्ने तयारी, ‘केन्द्रले काम गर्न सकेन’ — रोयटर्स

काठमाडौं — संयुक्त राज्य अमेरिकाले गाजा पट्टीमा इजरायल र हमासबीचको युद्धविराम अनुगमनका लागि स्थापित मिसनलाई बन्द गर्ने तयारी गरेको रोयटर्स समाचार समितिले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
गाजा पट्टी नजिकै स्थापित नागरिक–सैन्य समन्वय केन्द्र युद्धविराम अनुगमन र मानवीय सहायता आपूर्तिको समन्वयका लागि बनाइएको थियो। तर, समाचार समितिका स्रोतका अनुसार उक्त केन्द्रले आफ्ना कार्यभार पूरा गर्न सकेको छैन।
अमेरिकी पक्षले यसबारे औपचारिक घोषणा गरिसकेको छैन। इजरायल र हमासबीचको युद्धविराम सम्झौता विगतमा पटक–पटक तनावग्रस्त बन्दै र भङ्ग हुँदै आएको छ।





