२३ बैशाख २०८३, बुधबार

ट्रम्पद्वारा इरानमा सैन्य कारबाही समाप्त भएको कंग्रेसलाई जानकारी, ६० दिने समयसीमाको अन्तिम दिनमा सूचना

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही समाप्त भएको भन्दै कंग्रेसलाई जानकारी गराएका छन्। उनले यो सूचना ६० दिने समयसीमाको अन्तिम दिनमा दिएका हुन्।

सन् १९७३ को युद्ध शक्ति ऐनअनुसार राष्ट्रपतिले कंग्रेसले युद्ध घोषणा नगरे वा बल प्रयोगको अनुमति नदिए ६० दिनभित्र सैन्य कारबाही रोक्नुपर्छ। यो कानुनले ३० दिनको एकपटक म्याद थप गर्न अनुमति दिए पनि त्यसका लागि राष्ट्रपतिले अमेरिकी सेना सुरक्षित रूपमा फिर्ता ल्याउन थप समय आवश्यक रहेको कंग्रेसलाई लिखित रूपमा जानकारी दिनुपर्छ। कंग्रेसले इरानविरुद्ध सैन्य बल प्रयोगको अनुमति अहिलेसम्म दिएको छैन र ह्वाइट हाउसले सार्वजनिक रूपमा यस्तो स्वीकृति लिने योजना रहेको सङ्केत पनि दिएको छैन।

अमेरिकी सञ्चारमाध्यमले भने व्यवहारमा सबै राष्ट्रपतिले यो नियम पालना गर्न तत्परता देखाउँदैनन् भनी टिप्पणी गरेका छन्। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानलगायत इरानी सहरमा संयुक्त हमला गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button