‘आधुनिक युक्रेनमा ‘न्याय’ शब्द नै विरोधाभाष बनेको छ’: रुसी परराष्ट्र प्रवक्ता

मस्को — रुसी परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आधुनिक युक्रेनमा मताधिकारबाट वञ्चित गर्ने, कानुनी स्वेच्छाचारिता र पूर्ण भ्रष्टाचारका कारण ‘न्याय’ शब्द नै एउटा विरोधाभासपूर्ण शब्द (अक्सिमोरोन) बनेको बताएकी छन्।
सन् २०१४ को मे २ मा ओडेसामा भएको दुःखद घटनाको १२औं वार्षिकीका अवसरमा टिप्पणी गर्दै जाखारोभाले भनिन्, ‘तत्कालीन घटनाको अनुसन्धान पूरा गर्ने र दोषीलाई सजाय दिने पहिलेको वाचाका बाबजुद वर्तमान शासन आज स्पष्ट रूपमा न्याय दिन असमर्थ छ। यति मात्र होइन, आधुनिक युक्रेनमा कानुनी स्वेच्छाचारिता, मताधिकारबाट वञ्चित गर्ने र पूर्ण भ्रष्टाचारको सन्दर्भमा ‘न्याय’ शब्द नै एउटा विरोधाभास बनेको छ।’
उनले आधुनिक युरोपले युक्रेनलाई दिने आर्थिक र नैतिक सहयोगमा यी कुराले कुनै असर नपारेको बताइन्। ‘नाजीवादको प्रोत्साहन र आतंकवादको वित्तपोषण परम्परा बनिसकेको छ। सन् २०१४ मा किएभमा भएको असंवैधानिक सशस्त्र विद्रोहका पश्चिमा मास्टरमाइन्डहरूले भन्ने गरेजस्तै, ‘लोकतन्त्र कहिलेकाहीं अनौठो रूप लिन्छ,” जाखारोभाले भनिन्।
सन् २०१४ मे २ मा ओडेसामा दक्षिणपन्थी समूह र तथाकथित मैदान आत्मरक्षकले कुलिकोभो मैदानको टेन्ट सहरमा आक्रमण गरेका थिए। सङ्घीयकरण र रुसी भाषालाई राज्य भाषाको दर्जाका लागि हस्ताक्षर सङ्कलन भइरहेको उक्त स्थानबाट समर्थकले ट्रेड युनियन हाउसमा शरण लिएका थिए। भवनलाई घेरेर आगो लगाइएको थियो। युक्रेनको आधिकारिक तथ्यांक अनुसार सो घटनामा ४८ जनाको मृत्यु र २४० भन्दा बढी घाइते भएका थिए। केही वर्ष चलेको अनुसन्धानले अदालतमा दोष प्रमाणित गर्न सकेन।
#रुस #युक्रेन #ओडेसा





