‘गल्ती नसच्याए वा नछाडेसम्म मेर्जमाथि आरोप जारी रहने’: रुसी विशेष दूत

काठमाडौं — रुसी राष्ट्रपतिका विदेशी लगानी तथा आर्थिक सहकार्यसम्बन्धी विशेष दूत एवं रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रिएभले जर्मनी चान्सलर फ्रेडरिख मेर्जले आफ्ना गल्ती सच्याउन नसिकेसम्म वा पद नछाडेसम्म उनीमाथिका आरोप बढ्दै जाने बताएका छन्।
जर्मनीबाट अमेरिकी सैनिक फिर्ताको घटनाक्रममा टिप्पणी गर्दै दिमित्रिएभले एक्समा लेखेका छन्, ‘मेर्जको गलत निर्णयप्रतिको प्रतिक्रिया तबसम्म बढिरहनेछ जबसम्म उनले आफ्ना गल्ती सच्याउन सिक्दैनन् वा पदमा रहँदैनन्।’ यसअघि पेन्टागनले आगामी ६ देखि १२ महिनाभित्र जर्मनीबाट ५,००० सैनिक फिर्ता गर्ने घोषणा गरिसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि जर्मनी, इटाली र स्पेनमा तैनाथ अमेरिकी सैन्य सङ्ख्या घटाउने बारेमा विचार भइरहेको बताएका थिए। ट्रम्पले स्पष्ट रणनीतिको अभाव रहेको भन्दै वासिङ्टनको इरान युद्धको आलोचना गरेपछि मेर्जलाई ‘इरानको आणविक हतियार स्वीकार गर्ने’ भनी आरोप लगाएका थिए।
#रुस #जर्मनी #मेर्ज





