१९ बैशाख २०८३, शनिबार

अमेरिकी प्रतिबन्धलाई चीनको अस्वीकार : इरानी तेल कारोबारमा संलग्न ५ चिनियाँ कम्पनीमाथिको कारबाही मान्य नहुने

काठमाडौं — चीनले इरानी पेट्रोलियम कारोबारमा संलग्न रहेको आरोपमा अमेरिकाले लगाएको प्रतिबन्धलाई कडा रूपमा अस्वीकार गरेको छ। चीनको वाणिज्य मन्त्रालयले शनिबार पाँच चिनियाँ कम्पनीमाथि लगाइएको अमेरिकी प्रतिबन्धलाई मान्यता दिन, कार्यान्वयन गर्न वा पालना गर्न रोक लगाउने घोषणा गरेको हो।

चीन सरकारको यो कदमले अमेरिकी प्रतिबन्धलाई चिनियाँ भूमिमा कुनै कानुनी हैसियत नरहने स्पष्ट पारेको छ। चीनले बारम्बार एकपक्षीय प्रतिबन्धको विरोध गर्दै आएको छ र यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीत ठहर गर्दै आएको छ। इरान र चीनबीचको तेल व्यापार लामो समयदेखि पश्चिमा देशको निशानामा रहँदै आएको छ।

#चीन #अमेरिका #प्रतिबन्ध

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button