१९ बैशाख २०८३, शनिबार

‘अत्यन्तै फलदायी’ भन्दै गोरको नेपाल भ्रमण सम्पन्न, आजै दिल्ली फर्किँदै

काठमाडौं — दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरको तीन दिने नेपाल भ्रमण शनिबार सम्पन्न भएको छ। गोरले आफ्नो भ्रमणलाई ‘अत्यन्तै फलदायी’ भएको बताएका छन्। उनी केही बेरमा भारतको राजधानी नयाँ दिल्ली फर्किने कार्यक्रम छ।

नेपाल भ्रमणका क्रममा गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। अमेरिकी दूतावासका अनुसार उनले नेपाली व्यवसायिक नेतृत्वसँग पनि छलफल गरेका थिए।

तर, प्रधानमन्त्री बालेन्द्र शाहसँग भने गोरको भेट हुन सकेन। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले पनि प्रधानमन्त्री शाहलाई भेट्न पाएका थिएनन्। गोरले शुक्रबार बिहान एभरेष्ट बेसक्याम्प पुगेर अमेरिकी कार्गो ड्रोनको परीक्षण उडान गराएका थिए, जसको स्वीकृतिबारे नेपाल सरकारले हालसम्म कुनै जानकारी दिएको छैन।

#गोरभ्रमण #नेपालअमेरिका #सम्पन्न

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button