३० बैशाख २०८३, बुधबार

देशव्यापी प्रहरी कारबाही : लागुऔषधसहित २२ पक्राउ, विराटनगर विमानस्थलबाट ११ लाखसहित एक समातिए

काठमाडौं — प्रहरीले मुलुकका विभिन्न स्थानमा छापा मारी लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका हुन्।

झापाको बुद्धशान्ति–३ बुधबारे बजारबाट एक, अर्जुनधारा–५ कैलाशघाटबाट एक, बिर्तामोड–४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर–६ पुरानो मेचीपुलबाट एक र मेचीनगर–६ गैरीगाउँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर–९ खक्रौलाबाट दुई र धनगढी–१ शिवनगर टिकटक पुलबाट पाँच जना समातिएका छन्। उदयपुरको त्रियुगा–६ बाट दुई, बर्दियाको बाँसगढी–५ बाट एक, कञ्चनपुरको बेलौरी–७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम–९ धारापानीबाट दुई र सिन्धुलीको कमलामाई–९ भिमानबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यसैबीच, प्रहरीले विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरी धरान–१८ का ३५ वर्षीय दिलीप तामाङलाई चेकजाँचका क्रममा झोलाबाट उक्त नगद बरामद गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

#प्रहरी #लागुऔषध #पक्राउ

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button