३० बैशाख २०८३, बुधबार

२० मिनेटको यात्रा अब ५ मिनेटमा : कर्णाली करिडोरको च्याछरा खण्डमा पहिलोपटक ढलान सम्पन्न

हुम्ला — कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको सबैभन्दा कठिन मानिएको च्याछरा खण्डमा पहिलोपटक ढलान कार्य सम्पन्न भएको छ। कच्ची, असजिलो र भिरालो सडकका रूपमा परिचित यस खण्डको ५०० मिटर सडक ढलान भएपछि यात्रा सहज र सुरक्षित बनेको छ। साढे ६ देखि ७ मिटर चौडा र २० सेन्टिमिटर बाक्लो ढलान गरिएको यो सडक २० वर्षसम्म टिक्ने गरी निर्माण गरिएको हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार यसअघि कच्ची सडक हुँदा उक्त दूरी पार गर्न २० मिनेट लाग्ने गरेकोमा अहिले ५ मिनेटमै यातायातका साधन गुड्न सक्छन्। यात्रु झारेर खाली गाडी मात्र कुदाउनुपर्ने बाध्यता पनि हटेको छ। स्थानीय र चालकले सुरक्षित यात्राका लागि लामो समयदेखि ढलानको माग गर्दै आएका थिए। यसअघि यही भिरालो सडकमा सवारी साधन चढ्न नसकेर ब्याक हुँदा पटक–पटक दुर्घटना हुने गरेका थिए। कर्णाली करिडोरको हुम्ला खण्डमा पहिलोपटक ढलान सम्पन्न भई सञ्चालनमा आएको हो।

#कर्णालीकरिडोर #च्याछरा #ढलान

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button