२२ बैशाख २०८३, मंगलवार

‘इरानले ४७ वर्षको क्षतिको पर्याप्त मूल्य चुकाएको छैन’: ट्रम्प, तेहरानको शान्ति प्रस्तावप्रति असन्तुष्ट

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व समाधानका लागि वासिङ्टनको प्रस्तावमा इरानले पठाएको जवाफ स्वीकार्य हुने सम्भावना न्यून रहेको बताएका छन्। इरानले पछिल्लो ४७ वर्षमा मानवता र विश्वविरुद्ध गरेको कार्यको ‘पर्याप्त ठूलो मूल्य’ नचुकाएको उनको भनाइ छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले भर्खरै हामीलाई पठाएको योजनाको म चाँडै समीक्षा गर्नेछु, तर यो स्वीकार्य हुने कल्पना गर्न सक्दिनँ। किनभने उनीहरूले पछिल्लो ४७ वर्षमा मानवता र विश्वविरुद्ध गरेको कार्यको पर्याप्त ठूलो मूल्य अझै चुकाएका छैनन्।’ उनले इरानले पाकिस्तानमार्फत पेस गरेको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै फेब्रुअरी २८ मा इजरायलसँगको संयुक्त हमलापछि अप्रिल ८ मा युद्धविराम लागू भई इस्लामावादमा भएको इरान–अमेरिका वार्ता सहमतिविहीन टुङ्गिएको स्मरण गराए।

#अमेरिका #इरान #ट्रम्प #शान्तिवार्ता

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button