हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला — खार्पुनाथ गाउँपालिका–४ का ६३ वर्षीय वडा सदस्य मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिमकोटका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार शनिबार प्रहरीले रोकायाको घरमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक, १२ थान फलामको रडको गोली र ११० ग्राम बारुद बरामद गरेको थियो। उनलाई बन्दुकसहित पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए।
#हुम्ला #बन्दुकसहितपक्राउ #वडासदस्य





