‘शैलसुते’ माथि परिचर्चा सम्पन्न, साहित्यप्रेमीको उल्लेख्य उपस्थिति

काठमाडौं — उपन्यासकार किरण आचार्यद्वारा लिखित उपन्यास ‘शैलसुते’ को परिचर्चा कार्यक्रम शनिबार भेरी साहित्य समाज केन्द्रीय समिति र शाश्वत आचार्य स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको छ।


कार्यक्रम प्रा.डा. जनार्दन आचार्यको अध्यक्षता तथा प्रा.डा. गोपालप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कृतिको समीक्षा डा. हरिप्रसाद तिमिल्सिना र समीक्षक लेकप्रसाद प्याकुरेलले गरेका थिए। कार्यक्रममा साहित्यप्रेमी, अतिथि तथा पाहुनाको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै उपन्यासकार आचार्यलाई हार्दिक बधाई तथा कृतिको सफलताको शुभकामना व्यक्त गरेको छ।





