२० बैशाख २०८३, आईतवार

इङ्लिस च्यानल पार गर्ने क्रममा दुई महिला आप्रवासीको मृत्यु, १७ जना समुद्रमा डुबेको अवस्थामा उद्धार

काठमाडौं — फ्रान्सको तटबाट इङ्लिस च्यानल पार गर्न खोज्ने क्रममा आइतबार बिहान दुई आप्रवासी महिलाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

फ्रान्सेली दैनिक ल फिगारोका अनुसार उत्तरी फ्रान्सको पास–दे–काले विभागस्थित न्युफशातेल–आर्देलोबाट आइतबार बिहान करिब ८२ जना एक अस्थायी डुङ्गामा सवार भएर प्रस्थान गरेका थिए। सम्भावित इन्जिन खराबीका कारण डुङ्गा समुद्रमा बहँदै नजिकैको समुद्र तटमा पुगेर अड्किएको थियो।

समुद्री जेन्डार्मेरी एकाइले पानीमा डुबेका १७ जनालाई तटीय क्षेत्रबाट उद्धार गरेको थियो भने ६५ जना यात्रु डुङ्गाभित्रै भेटिएका थिए। डुङ्गाभित्रै दुई महिला मृत अवस्थामा फेला परेका थिए भने अन्य धेरैलाई अस्पताल लगिएकोमा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button