सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बमजनले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दा सर्वोच्चमा विचाराधीन

सर्लाही — जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।
उनीविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। यसअघि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
यद्यपि, उनीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उच्च अदालतबाट उक्त मुद्दामा सफाइ पाएपछि सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।





