रास्वपाको झटारो : रसुवा जिल्ला समिति विघटन, स्थानीय चुनावको रूपरेखा पारित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ। केन्द्रीय सचिवालय बैठकले बागमती प्रदेश समितिको सिफारिसमा उक्त निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
विघटनसँगै नयाँ प्रक्रियाबाट जिल्ला समिति पुनर्गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। प्रवक्ता झाका अनुसार पार्टीले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ समेत पारित गरेको छ। उक्त रूपरेखा कार्यान्वयनका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ।
यसैगरी, बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरेको जनाइएको छ।





