२१ बैशाख २०८३, सोमबार

२४ घण्टामै स्रोत नखुलेको झण्डै २७ लाख बरामद, विराटनगर विमानस्थलबाट भारतीय र नेपाली पक्राउ

विराटनगर। विराटनगर विमानस्थलबाट २४ घण्टाको अन्तरालमा स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान पौने ४ बजे श्री एयरमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागंज सिन्धा चन्चलका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको छ। उनको साथबाट एक हजार र पाँच सय दरका नेपाली नोट भेटिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।

त्यस्तै, शुक्रबार राति ८ बजे बुद्ध एयरमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा धरानका १८ वर्षीय दिलिप तामाङ पक्राउ परेका थिए। उनले बोकेको झोलाबाट पाँच सय दरका २ हजार २ सय थान नोटसहित ११ लाख रुपैयाँ बरामद गरिएको हो।

प्रनाउ चुडालका अनुसार दुवै घटनामा गरी स्रोत खुलाउन नसकेको २६ लाख ९८ हजार रुपैयाँ बरामद भएको छ। रकम को र के प्रयोजनका लागि लगिएको भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताइन्। प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवैजना भरियाका रूपमा प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button