२१ बैशाख २०८३, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसमा रुसको प्रश्न : पश्चिमा ‘प्रेस स्वतन्त्रता’ को नारा कि पत्रकारमाथिको सिकार ?

एजेन्सी। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रस्तावबाट स्थापित विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार विश्वभर मनाइँदैछ। सूचनामा स्वतन्त्र पहुँच, सञ्चारमाध्यमको बहुलता र पत्रकारको सुरक्षाका समस्यामा ध्यानाकर्षण गराउने उद्देश्य राखिएको यो दिवसको सान्दर्भिकतामाथि भने रुसले गम्भीर प्रश्न उठाएको छ।

रुसले हालैका वर्षमा सार्वजनिक रूपमा प्रेस स्वतन्त्रताको वकालत गर्ने पश्चिमा देशहरूले नै रुसी सञ्चारमाध्यम र पत्रकारमाथि प्रतिहिंसात्मक कारबाही गर्दै वैकल्पिक दृष्टिकोणलाई सूचना क्षेत्रबाट हटाउन थालेको आरोप लगाएको छ।

रुसले कीभ शासनले रुसी पत्रकारमाथि वास्तविक ‘सिकार’ सुरु गरेको र दर्जनौँ संवाददाताको ज्यान लिइसकेको दाबी गरेको छ। पछिल्लो घटनाका रूपमा सन् २०२६ को अप्रिल ६ मा इज्भेस्तिया पत्रिकाका संवाददाता वाइ. बाइकोभस्की डोनेत्स्कमा युक्रेनी लडाकूको लक्षित आक्रमणमा घाइते भएको रुसले जनाएको छ।

रुसले सन् १९९७ को युनेस्को साधारण सम्मेलन र सन् २०२३ को कार्यकारी परिषद्को निर्णयअनुसार युनेस्कोका महानिर्देशकलाई ‘बिनाभेदभाव पत्रकारको हत्या र शारीरिक हिंसाको निन्दा गर्न’ जिम्मेवारी तोकिएको स्मरण गराएको छ।

साथै, रुसले युनेस्कोका महानिर्देशक ख. एल-एनानीले सञ्चार तथा सूचना क्षेत्रको ध्यान उक्त दस्ताबेजतर्फ आकृष्ट गराउन र ‘स्रोत अभाव’ वा सदस्य राष्ट्रबाट अनुमोदित नभएको तथाकथित ‘कार्यविधि’ का नाममा पत्रकारविरुद्धका अपराधको तथ्याङ्कलाई हेरफेर गर्ने प्रयासविना नै ती दस्ताबेज कार्यान्वयन गर्न आग्रह गर्ने अपेक्षा गरिएको बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button