२१ बैशाख २०८३, सोमबार

रुसी विमानस्थलमा पावर बैंकमाथि कडाइ : दुईभन्दा बढी लैजान नपाइने, क्षमता पनि जाँचिने

मस्को। रुसले आफ्ना विमानस्थलहरूमा पावर बैंक बोक्ने नियमलाई कडा बनाएको छ। नयाँ नियमअनुसार अब यात्रुले हवाई यात्रामा अधिकतम दुईवटा मात्र पावर बैंक सँगै लैजान पाउनेछन्। अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको परिमार्जनसँगै नियन्त्रण कडा पारिएको अधिकारीहरूले जनाएका छन्।

नयाँ व्यवस्थाअनुसार सुरक्षाकर्मीले अब लिथियम ब्याट्रीको वास्तविक क्षमता र तोकिएको मापदण्डसँग त्यसको अनुकूलता अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। पावर बैंक हाते झोला (ह्यान्ड क्यारी) मा मात्र लैजान अनुमति हुने र प्रत्येक ब्याट्रीलाई सर्ट सर्किटको जोखिमबाट सुरक्षित राख्नुपर्ने नियम बनाइएको छ।

यति मात्र होइन, विमानभित्र मोबाइल वा अन्य उपकरण चार्ज गर्न पावर बैंक प्रयोग गर्न तथा स्वयं पावर बैंकलाई चार्ज गर्नसमेत पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। लिथियम ब्याट्रीजन्य आगलागीका घटना बढेपछि विश्वभरकै उड्डयन नियामकले सुरक्षा मापदण्ड कडा बनाइरहेका बेला रुसले पनि यो कदम चालेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button