२१ बैशाख २०८३, सोमबार

‘१८१६ पुरानो कि १९५४ ?’ : भारतलाई फणीन्द्र नेपालको प्रश्न, बालेन्द्र सरकारलाई धन्यवाद

काठमाडौँ। ग्रेटर नेपाल नेसनालिस्ट फ्रन्टका संयोजक फणीन्द्र नेपालले लिपुलेक मार्गको विषयलाई लिएर भारतले ‘पुरानो’ को परिभाषा बदल्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्। नेपाल सरकारले लिपुलेक मार्गको सार्वभौमसत्ता नेपालमा निहित रहेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएपछि भारतीय परराष्ट्र मन्त्रालयले तत्काल जवाफ फर्काउँदै सन् १९५४ देखि यो मार्ग प्रयोग भइरहेको भन्दै ‘पुरानो’ भन्न थालेकोप्रति उनले प्रश्न उठाएका छन्।

फणीन्द्रले भनेका छन्, “भारतसँग सोध्नुपर्ने भएको छ, यो पुरानोको फन्डा के हो ? १८१६ मार्च ४ मा भएको सुगौली सन्धिले काली नदीलाई सीमा नदी मानेपछि काली नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक स्वतः नेपाली भूभाग भएको स्पष्ट हुँदाहुँदै यो वा त्यो बहानामा नेपाली भूमि हत्याउन खोज्नु भारतको ज्यादती र सैन्य क्षमताको दम्भ मात्र हो।”

उनले भारतले १८१६ लाई पुरानो मान्ने कि १९५४ लाई भन्ने कुरामा प्रस्ट हुनुपर्ने बताए। “१८१६ को अगाडि १९५४ लाई पुरानो देख्नु भारतको साँढेपन बाहेक अरू के हो त ? १९५४ मा चीनलाई लिपुलेक मेरो भनेर भारतले द्विपक्षीय सहमति गर्दैमा त्यो नेपाललाई मान्य हुँदैन,” उनको भनाइ छ।

फणीन्द्रले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतलाई तत्काल जवाफ दिन बाध्य पार्ने गरी कूटनीतिक नोट पठाएकोमा धन्यवाद दिँदै सरकारको यस कदमलाई राष्ट्रिय हितमा साहसिक भएको टिप्पणी गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button