मनसुन आउनुअघि नै सशस्त्रको ‘हाइअलर्ट’, विपद् उद्धारका लागि चौबीसै घण्टा तयार रहन निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले मनसुन पूर्वतयारी स्वरूप आफ्ना सम्पूर्ण इकाइहरूलाई तत्काल परिचालन हुनसक्ने अवस्थामा रहन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार मनसुनजन्य विपद्का घटनामा प्रभावकारी उद्धारका लागि जनशक्ति र सामग्रीसहित पूर्वतयारी अवस्थामा रहन सम्बन्धित निकायलाई भनिएको छ।
यसै सन्दर्भमा आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरू तथा सकल दर्जाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त समारोहलाई प्रविधिको प्रयोग गर्दै लाइभ भिडियो स्ट्रिमिङमार्फत देशभरिका सबै इकाइहरूमा प्रत्यक्ष प्रसारणको समेत व्यवस्था मिलाइएको जानकारी सहप्रवक्ता थापाले दिए। यसले केन्द्रदेखि दुर्गमसम्मका सुरक्षाकर्मीलाई एउटै सूचना प्रणालीमा आबद्ध गराउने लक्ष्य लिएको बुझिएको छ।





