२२ बैशाख २०८३, मंगलवार

द्वन्द्वको छायाँमा पर्यटन, अप्रिलमा सवा लाख विदेशी भित्रिए

काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार नौ सय ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अप्रिलको तुलनामा यो संख्या करिब आठ प्रतिशतले कम हो ।

बोर्डका अनुसार गत वर्षको यही महिनामा एक लाख सोह्र हजार चार सय ९० पर्यटकले नेपाल भ्रमण गरेका थिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समग्र पर्यटक आगमन प्रभावित भएको बोर्डले जनाएको छ ।

अप्रिलमा सबैभन्दा बढी दक्षिण एसिया क्षेत्रबाट ३३ हजार चार सय ३२ जना पर्यटक नेपाल आएका छन् । मुलुकगत रूपमा सबैभन्दा धेरै भारतबाट १५ हजार एक सय ९६ र दोस्रोमा चीनबाट ११ हजार सात सय २२ पर्यटक नेपाल भित्रिएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button