२२ बैशाख २०८३, मंगलवार

प्राधिकरण र नियमन आयोगमा सरकारको झाडु, शाक्यसहित १० पदमुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित १० जना सार्वजनिक पदाधिकारीलाई पदमुक्त गरेको छ ।

सार्वजनिक पदाधिकारी पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ को दफा २ बमोजिम विद्युत प्राधिकरणका ५ र विद्युत नियमन आयोगका ५ जना पदमुक्त भएका हुन् ।

पदमुक्त हुनेमा प्राधिकरणतर्फ कार्यकारी निर्देशक शाक्यसहित सञ्चालक समिति सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल छन् । यस्तै, नियमन आयोगतर्फ अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button