‘सात शत्रु सैनिक नष्ट गरे, तीन अधिकारी र ११ सैनिकलाई पक्राउ’

दोस्रो विश्वयुद्धका वीर पुस्ताको वीरगाथा स्मरण गर्दै उनीहरूले पाएका पदकको विवरण पुनः चर्चामा छ । तिनैमध्ये एक हुन् १०१ वर्षीय भेटेरान भासिली सिदोरोभिच बालानुत्सा, जसले गत अप्रिल ६ मा आफ्नो जन्मोत्सव मनाए ।
सन् १९४४ को अप्रिलमा मोर्चामा भर्ना भएका बालानुत्साले गुप्तचर (स्काउट) को भूमिकामा प्राग मुक्ति र बर्लिन आक्रमणमा भाग लिएका थिए ।
उनको वीरताको विवरण यस्तो छ :
‘साहसका लागि’ पदक (अप्रिल १९४५) को अभिलेख अनुसार ग्लोगाउ नजिकैको युद्धमा उनले ३ जर्मन सैनिक मारेर २ जनालाई पक्राउ गरेका थिए भने ३ वटा फायरिङ पोइन्ट पत्ता लगाएका थिए ।
त्यस्तै, ‘साहसका लागि’ पदककै लागि मे १९४५ मा लेखिएको सिफारिसमा भनिएको छ— बर्लिन कब्जाका बेला ५ स्काउटको समूहको नेतृत्व गर्दै उनले ७ सैनिक मारेर ३ अधिकारी र ११ सैनिकलाई बन्दी बनाएका थिए ।




