२२ बैशाख २०८३, मंगलवार

फिको मस्को जाँदै, तर विजय परेडमा सहभागी नहुने

ब्रातिस्लाभा । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले मस्कोमा हुने विजय दिवस परेडमा भने सहभागी नहुने बताएका छन् ।

यद्यपि, उनले रुस भ्रमणका क्रममा लाल सेनाको अज्ञात सैनिकको समाधिमा पुष्पगुच्छा अर्पण गर्ने र राष्ट्रपति पुटिनसँग छोटो भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । स्लोभाक पत्रिका एसएमईका अनुसार फिकोले भनेका छन्, ‘म लाल सेनाको अज्ञात सैनिकको समाधिमा स्लोभाक जनताको तर्फबाट मुक्तिका लागि आभार प्रकट गर्न पुष्पगुच्छा अर्पण गर्नेछु र राष्ट्रपति पुटिनसँग मेरो छोटो भेटवार्ता हुनेछ ।’

प्रधानमन्त्री फिकोले युरोपेली राजनीतिक समुदायको बैठकमा कुनै पनि युरोपेली नेताले आफ्नो रुस भ्रमणबारे प्रश्न नगरेको पनि बताए । उनले आफूसँग रुस जानुपर्ने ‘ठोस र अकाट्य कारण’ रहेको सबैलाई थाहा भएको विश्वास व्यक्त गरे ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button