युरोपेली शिखर सम्मेलन सुरु, म्याक्रोँले आर्मेनिया र मोल्दोभाको सार्वभौमिकतामा सहयोगको वाचा गरे

येरेवान । आर्मेनियाको राजधानी येरेवानमा दुई दिने युरोपेली राजनीतिक समुदाय शिखर सम्मेलन ‘भविष्य निर्माण गरौं : युरोपमा एकता र स्थायित्व’ भन्ने नाराका साथ सुरु भएको छ ।
कारेन देमिरच्यान खेलकुद तथा कन्सर्ट परिसरमा आयोजित समारोहमा रातो कार्पेट ओर्लने पहिलो युरोपेली नेतामध्ये फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ थिए । उनले आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानसँग भेटवार्ता गरेका छन् ।
म्याक्रोँले भने, ‘हामीलाई विशेष गरी आर्मेनिया र मोल्दोभाको स्वतन्त्रता र सार्वभौमिकताको समर्थनका विषयमा बैठक गर्ने अवसर मिल्नेछ । यो नै आफ्नो सुरक्षा र प्रतिरक्षा आफै निर्माण गर्ने युरोप हो ।’
सम्मेलनको पहिलो दिनले आयोजकले अधिकतम युरोपेली नेताको उपस्थिति सुनिश्चित गर्न सफल भएको देखाएको छ ।





