२२ बैशाख २०८३, मंगलवार

विजय दिवसको पूर्वसन्ध्यामा ठग सक्रिय, युद्ध भेटेरानलाई निशाना बनाउन थालियो

मस्को । विजय दिवसको पूर्वसन्ध्यामा रुसमा महान् देशभक्तिपूर्ण युद्धका वृद्ध भेटेरानहरूलाई निशाना बनाएर ठगी गर्ने क्रम बढेको छ । ठगहरूले सामाजिक कोष वा श्रम मन्त्रालयका कर्मचारी भन्दै भेटेरानको बैंक कार्डको विवरण चोर्ने गरेको ‘योद्धाका परिवार समिति’ ले जनाएको छ ।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै समितिका प्रतिनिधिले भने, ‘विजय दिवसको अवसरमा एकमुष्ट भुक्तानी दिन्छौं भनेर ठगहरूले भेटेरानलाई सम्पर्क गरी बैंक कार्डको गोप्य जानकारी माग्छन् । सरकारी अधिकारी बनेर उनीहरूले विश्वास जित्न खोज्छन् ।’

यसका अलावा, ‘पदक प्रदान गर्छौं’ भनेर पनि ठगीको नयाँ तरिका तीव्र रूपमा फैलिरहेको छ । यस योजनाअन्तर्गत ठगले भेटेरानलाई एउटा लिङ्क पठाउँछन् र उक्त लिङ्कमा क्लिक गर्नेबित्तिकै उनीहरूको व्यक्तिगत विवरण चोरी हुन्छ । पीडित थाहै नपाई ठगको जालमा फस्ने गरेको समितिले चेतावनी दिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button