२२ बैशाख २०८३, मंगलवार

‘इयु मध्यस्थ होइन, द्वन्द्वको पक्ष बनिसक्यो’ : रुस

मस्को । रुसले युरोपेली संघ (इयु) लाई युक्रेन वार्ताको सम्भावित मध्यस्थकर्ताका रुपमा नहेर्ने स्पष्ट पारेको छ। इयु द्वन्द्वको प्रत्यक्ष सहभागी बनिसकेको रुसी पक्षको भनाइ छ।

रुसी विदेश मन्त्रालयका विशेष प्रतिनिधि रोदियोन मिरोसनिकले इजभेस्तिया पत्रिकासँग भनेका छन्, ‘युरोपेली संघ आज युक्रेनमा सैन्य कारबाही र रक्तपात जारी राख्न आर्थिक र सैन्य सहयोग उपलब्ध गराउने पक्ष बनेको छ। त्यसैले हामी इयुलाई मध्यस्थकर्ताका रुपमा हेर्दैनौं।’

इयुले युक्रेनलाई हतियार र आर्थिक सहयोगको घोषणा गरिरहेका बेला रुसको यो अभिव्यक्तिले शान्ति पहलको सम्भावना झन् धुमिल भएको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button