जेलेन्स्कीको युद्धविराम ‘रणनीतिक चाल’ मात्रै : रुसी सांसद

मस्को । रुसी संसदका वरिष्ठ सांसद लियोनिद स्लुत्स्कीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ६ देखि घोषणा गरेको मौन अवधिलाई ‘रणनीतिक चाल’ मात्र भएको टिप्पणी गरेका छन्।
स्लुत्स्कीले भने, ‘जेलेन्स्कीले सुरुमा विजय दिवसमा युद्धविराम गर्ने रुसको प्रस्तावलाई व्यावहारिक रूपमा अस्वीकार गरे तर पछि मे ५ को रातिदेखि मौन अवधि घोषणा गरेर रणनीतिक चाल चल्ने निर्णय गरे। कारण सामान्य छ, चोट पुगेको अहंकार।’
रुसले मे ८ र ९ मा युद्धविराम घोषणा गरिसकेको सन्दर्भमा जेलेन्स्कीले मे ६ देखि मौन अवधिको घोषणा गर्नु केवल प्रतिस्पर्धात्मक भावनाले प्रेरित कदम भएको स्लुत्स्कीको दाबी थियो।





