२२ बैशाख २०८३, मंगलवार

रुसमा ड्राइभिङ परीक्षाका नियम परिवर्तन, सन् २०२७ देखि लागू हुने

मस्को । रुस सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि हुने परीक्षाको नियम परिवर्तन गरेको छ। सरकारी आदेशअनुसार नयाँ व्यवस्थाको केही भाग सन् २०२७ को मार्च १ देखि लागू हुनेछ।

रुसी समाचार संस्था ताससका अनुसार नयाँ नियमले लिखित परीक्षा (थ्यौरी) उत्तीर्ण गरेको ६० दिनभित्रै प्रयोगात्मक परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ। यदि कुनै उम्मेदवारले ६ महिनाभित्र प्रयोगात्मक परीक्षा पास गर्न सकेन भने उसले पुनः लिखित परीक्षा दिनुपर्नेछ।

यो परिवर्तनले परीक्षार्थीलाई समयमै सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रोत्साहित गर्ने सरकारी अधिकारीहरूको भनाइ छ। लामो समयसम्म प्रयोगात्मक परीक्षा नदिई बस्ने प्रवृत्ति रोक्न यो कदम चालिएको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button