२२ बैशाख २०८३, मंगलवार

ह्वाइट हाउस नजिकै गोलीबारी, एक जना घाइते

वासिङ्टन । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित वासिङ्टन स्मारक नजिकै सोमबार सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

अमेरिकी सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिमा ह्वाइट हाउसनजिकैको उक्त क्षेत्रमा आपतकालीन टोली परिचालित रहेकाले सर्वसाधारणलाई सो स्थानबाट टाढै रहन आग्रह गरिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै साना व्यवसाय सम्बन्धी एक कार्यक्रममा सहभागी थिए।

घाइतेको अवस्था र गोली चलाउनुको कारणबारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन। सिक्रेट सर्भिसले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button