२२ बैशाख २०८३, मंगलवार

‘सैन्य बाटो गतिरोधमात्र’ : हर्मुज घटनापछि इरानको टिप्पणी

तेहरान । हर्मुज जलसन्धिमा भएका पछिल्ला घटनाले राजनीतिक संकटको सैन्य समाधान नहुने तथ्य पुष्टि गरेको इरानी विदेशमन्त्री सैयद अब्बास अराग्चीले बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा मंगलबार पोस्ट गर्दै अराग्चीले पाकिस्तानको प्रयासमा वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेका बेला अमेरिका र युएई सचेत रहनुपर्ने टिप्पणी गरे ।

उनले भने, ‘अमेरिका दुर्भावनापूर्ण शक्तिहरूबाट पुनः दलदलमा घिसारिनबाट सचेत हुनुपर्छ । युएई पनि सचेत रहनुपर्छ ।’ हालै हर्मुज जलसन्धिमा भएका आक्रमणहरूले वार्ताको महत्त्वलाई थप बलियो बनाएको इरानी पक्षको भनाइ छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button