ओमानमा आवासीय भवन आक्रमणमा दुई विदेशी घाइते

मस्कट । ओमानको बुखा क्षेत्रस्थित एक आवासीय भवनमा सोमबार भएको आक्रमणमा परी दुई जना विदेशी नागरिक घाइते भएका छन्।
ओमान समाचार संस्था (ओएनए) ले सुरक्षा स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार तिबात क्षेत्रमा रहेको उक्त भवन कम्पनीका कर्मचारीको बसोबासका लागि प्रयोग हुने गरेको थियो। आक्रमणबाट भवनमा क्षति पुगेको छ।
यसका अलावा चारवटा सवारी साधनमा क्षति भएको र नजिकैको एक घरका झ्यालहरू टुटफुट भएको पनि ओएनएले जनाएको छ।
घटनापछि अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् भने नागरिक र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्धता दोहोर्याएका छन्।





