२२ बैशाख २०८३, मंगलवार

चीनको ज्याङ्सुस्थित शिपयार्डमा मार्स्क ट्याङ्करमा जडान गरियो पाल प्रविधि

ज्याङ्सु (चीन) । डेनमार्कको मार्स्क ट्याङ्कर्स र स्पेनी कम्पनी बाउन्डफोरब्लुबीचको पाँच जहाजी वायु प्रणोदन परियोजनाअन्तर्गत चीनको एक शिपयार्डमा मार्स्क टाहिटी ट्याङ्करमा चारवटा २४ मिटर लामा ‘इसेल’ सक्सन पाल जडान गरिएका छन् ।

मार्स्क ट्याङ्कर्सद्वारा सञ्चालित पाँच मध्यम दुरीका ट्याङ्करमा २० इसेल युनिट जडान गर्ने यो परियोजनाको पहिलो स्थापना जनवरीमा मार्स्क ट्राइस्टेमा सम्पन्न भइसकेको छ । पछिल्लो स्थापना पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित जियाङयिनको चेङ्सी शिपयार्डमा सम्पन्न भएको बाउन्डफोरब्लुले मंगलबार सिन्ह्वालाई जानकारी दियो ।

बाउन्डफोरब्लुका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक होजे मिगेल बर्मुडेजले मार्स्क ट्याङ्कर्ससँगको सम्झौता जहाज उद्योगले वायु सहायता प्राप्त प्रणोदनतर्फको बढ्दो रुझानको प्रतिविम्ब भएको बताए ।

यो प्रविधिले इन्धन खपत र कार्बन उत्सर्जन दुवै घटाउन मद्दत गर्ने कम्पनीको दाबी छ । वायुगतिकीय रुपमा अनुकूलित सतहमा हावा खिचेर लिफ्ट उत्पन्न गर्ने यस प्रणालीले इन्जिनको भार घटाई पवन शक्तिलाई सहायक प्रणोदनको स्रोतका रूपमा प्रयोग गर्ने गर्दछ । सन् २०१४ मा स्थापित बाउन्डफोरब्लुले हालसम्म ११ जहाजमा इसेल प्रणाली जडान गरिसकेको र थप ७ जहाजको अर्डर रहेको जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button