२२ बैशाख २०८३, मंगलवार

‘अब सहेर नबस्ने’ : सुकुम्बासीमाथि डोजर आतंक नरोकिए प्रतिकारमा उत्रिने कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्बासीमाथिको ‘डोजर आतंक’ नरोकिए सरकारविरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । सरकार निरंकुश शैलीमा अघि बढेको भन्दै संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अब सहेर नबस्ने स्पष्ट पारे ।

सुकुम्बासी बस्ती खाली गर्ने नाममा राज्यले नागरिकलाई मर्न बाध्य पारेको उनको ठहर छ । वास्तविक सुकुम्बासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केहीले ज्यान गुमाउनुपरेको सन्दर्भमा आङदेम्बेले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले व्यवहार नसच्याए प्रतिवाद र प्रतिकारमा उत्रन बाध्य हुने बताए । संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ । संवैधानिक निकायमा आफ्ना अनुकूलका व्यक्ति नियुक्त गर्न यस्तो गरिएको उनको दाबी छ । यसले अध्यादेशमार्फत शासन चलाउने सरकारको ‘कुनियत’ प्रस्ट भएको उनले बताए ।

सरकारका जनविरोधी निर्णयविरुद्ध संसदमा रहेका अन्य विपक्षी दलसँग मिलेर प्रतिवाद गर्ने योजना सुनाउँदै उनले यसका लागि पहल भइरहेको जानकारी दिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button