२३ बैशाख २०८३, बुधबार

नक्कली शरणार्थी मुद्दा : तीन दर्जनविरुद्धको प्रमाण मिसिल झिकाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्धको मुद्दामा प्रमाण मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तिम किनाराका लागि मिसिल झिकाउन लगाएको हो । संगठित गिरोह खडा गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन भूमिका खेलेको दाबीसहित उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दा चलिरहेको छ ।

आरोपितमध्ये कांग्रेस नेता खाण र एमाले नेता रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मालगायत छन् । उच्च पदाधिकारीसमेत रहेको प्रकरणमा अदालतले अन्तिम सुनुवाइको प्रक्रिया अघि बढाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button