२३ बैशाख २०८३, बुधबार

नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, ‘महाधिवेशन गर्न नसक्दा जीवनभर खड्किरहने’

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पदबाट राजीनामा दिएका छन्।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रूपमा सकिएको बताउँदै पद छाडेको घोषणा गरेका हुन्। बाह्रौं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाए पनि उक्त कार्य पूरा गर्न नसक्नु जीवनभर खड्किरहने पीडा भएको उनले उल्लेख गरेका छन्।

लामो समयदेखि नेविसंघको महाधिवेशन अन्योलमा रहेका बेला शेर्पाले राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको बाटो खुलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button