कनेक्ट आइपिएसकै नाममा ठगी, फिसिङ लिङ्कबाट खाता सफाया

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय कारोबारसम्बन्धी एप तथा प्रणालीको दुरुपयोग गरी बैंक खाताबाट रकम चोरी हुने क्रम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
ब्युरोले सूचना जारी गर्दै विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर शंकास्पद म्यासेज तथा एलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाएर व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच बनाई ठूलो मात्रामा रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ।
सीआईबी प्रवक्ता दिलीपकुमार गिरीले यस्ता अनधिकृत लिङ्क नखोल्न र सचेत रहन सबैमा आग्रह गरिएको जानकारी दिए।





