२३ बैशाख २०८३, बुधबार

महासंघ निर्वाचन : जिल्ला नगर खुलातर्फका २२ सदस्यको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ। मंगलबार सम्पन्न ६० औं वार्षिक साधारणसभापछि बुधबारदेखि मतगणना जारी छ।

हालसम्म जिल्ला नगर खुलातर्फ २२ जनाको नतिजा घोषणा भएको छ। निर्वाचित हुनेमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी छन्। यस्तै, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शंकर गिरी, शिवप्रसाद मानन्धर, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन्।

यस्तै, द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल निर्वाचित भएका छन्। अन्य पदको मतगणना जारी रहेको छ। ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा छन्। महासंघ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि चुनाव भएको हो। कार्यसमितिले पछि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button