२३ बैशाख २०८३, बुधबार

संसद अधिवेशनअघि कांग्रेस सांसदलाई प्रशिक्षण, आज दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा सभापति शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। आगामी संसद अधिवेशनमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिन लागिएको नेता आङ्देम्बेले जानकारी दिए।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सङ्घीय संसदका दुवै सदनको बैठक यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्दैछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button