२३ बैशाख २०८३, बुधबार

होर्मुज संकटमा शक्तिराष्ट्रहरू ‘वन फोर्स’ को पक्षमा, रुसले भन्यो– बल प्रयोगले मात्र जित हुँदैन

मस्को । रुसले इरान र होर्मुज जलसन्धिको तनावपूर्ण अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्ता प्रक्रिया ठप्प भएको निष्कर्ष निकालेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले एक आधिकारिक वक्तव्य जारी गर्दै फारसको खाडी संकट समाधानका लागि भइरहेको प्रयास सुस्त भएकोप्रति पश्चाताप व्यक्त गरेकी छन्। “हामी सबै पक्षलाई अधिकतम धैर्यता र आत्मसंयम अपनाउन आग्रह गर्छौं,” वक्तव्यमा भनिएको छ।

रुसले इरान वा छिमेकी अरब राष्ट्रहरूमाथि हुने सम्भावित आक्रमणले नागरिक पूर्वाधारमा क्षति पुर्याउने र पुनः हिंसा भड्किन सक्नेप्रति सचेत गराएको छ। क्षेत्रीय तनावकाबीच कुनै पनि कारबाहीले ठूलो सशस्त्र द्वन्द्व निम्त्याउन सक्ने भएकाले शान्ति प्रयासलाई पटरीबाट उतार्न चाहने केही शक्तिहरूको सम्भावित उक्साहटप्रति सतर्क रहनुपर्नेमा रुसले जोड दिएको छ।

रुसले यस रणनीतिक क्षेत्रका सबै देशहरूको हितलाई ध्यानमा राखेर राजनीतिक र कूटनीतिक माध्यमबाट मात्र समाधान खोज्ने आफ्नो पक्षलाई निरन्तरता दिएको छ। साथै, फारसको खाडीका लागि सामूहिक सुरक्षा अवधारणाअन्तर्गत राखिएका सिद्धान्त र व्यावहारिक कदमहरूको आधारमा आवश्यक सहजीकरण गर्न रुस तयार रहेको प्रवक्ता जाखारोभाले पुनःपुष्टि गरेकी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button