‘क्युबामाथिको नाकाबन्दी रोक’ : अमेरिकी प्रतिबन्ध तीव्र भएपछि चीनको कडा आपत्ति

बेइजिङ । चीनले क्युबामाथि लगाइएको नाकाबन्दी, प्रतिबन्ध र हरेक प्रकारको दबाब तथा धम्की तत्काल रोक्न अमेरिकालाई आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार नियमित पत्रकार सम्मेलनमा अमेरिकाले क्युबामाथि प्रतिबन्ध थप कडा बनाएको विषयमा प्रतिक्रिया दिँदै उक्त टिप्पणी गरेका हुन्। क्युबाले अमेरिकाको गैरकानुनी र एकपक्षीय दमनकारी कदमलाई निन्दनीय र हाँस्यास्पद भएको बताइसकेको छ।
प्रवक्ताले भने, “अमेरिकाले क्युबामाथि गैरकानुनी र एकपक्षीय प्रतिबन्धलाई तीव्र बनाउनुले क्युबाली जनताको बाँच्न पाउने र विकास गर्न पाउने अधिकारमा गम्भीर हस्तक्षेप गरेको छ र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको उल्लङ्घन गरेको छ।”
चीनले राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्ने क्युबाको प्रयासमा दृढ समर्थन रहेको जनाउँदै क्युबाको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गरेको प्रवक्ताले बताए।





