२४ बैशाख २०८३, बिहीबार

सहकारी ठगी : १० संस्थाका ठूला ऋणी सार्वजनिक, नतिरे कडा कारबाहीको चेतावनी

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण नतिर्ने ठूला ऋणीहरूमाथि कडाइ सुरु गरेको छ। समितिले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो।

समितिका अनुसार पहिलो चरणमा घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, तपाईं हाम्रो, नागरिक कल्याण, आइडियल यमुना र तुलसी बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। यसैगरी नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतमश्री र नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीको नाम पनि सार्वजनिक सूचीमा समेटिएको छ।

समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए वा भुक्तानी नगरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरी असुली प्रक्रिया अगाडि बढाइने समितिले चेतावनी दिएको छ।

बाँकी समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने समितिको योजना छ। ती ऋणीहरूलाई सार्वजनिक सूचीमा नाम आउनुअगावै कार्यालयमा सम्पर्क गरी दायित्व पूरा गर्न समितिले आग्रह गरेको छ। ऋणीहरूको नामावली समितिको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button