२४ बैशाख २०८३, बिहीबार

वरिष्ठता मिचेर मनोजकुमार शर्मा प्रधानन्यायाधीश सिफारिस, ‘पालेन न्यायाधीश’ विवाद चर्कियो

काठमाडौं – संवैधानिक परिषदले सर्वोच्च अदालतको चौथो वरियताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेर लामो समयदेखिको परम्परा तोडेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले वरिष्ठताको क्रम तोडेपछि नियुक्ति प्रक्रियामाथि मनोमानीको आशंका उब्जिएको छ।

यसअघिका प्रधानन्यायाधीश नियुक्तिहरूमा संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै सिफारिस गर्ने अभ्यास रहँदै आएको थियो। तर, बुधबार बसेको परिषद् बैठकले चौथो वरियताका न्यायाधीश शर्मालाई अघि सारेको हो। शर्माभन्दा वरिष्ठ न्यायाधीशहरू सपना मल्ल प्रधान, टेकप्रसाद ढुङ्गाना र कुमार चुडाल सर्वोच्चमा कार्यरत छन्।

नेकपा एमालेका सचिव महेश बस्नेतले यसलाई न्यायपालिकाको स्वतन्त्रता र संस्थागत मर्यादामाथिको हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्। “बालेन शैलीको मनोमानी अब अदालतसम्म पुगेको छ, ‘पालेन न्यायाधीश’ बनाउने प्रवृत्ति लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो,” उनले भने। पत्रकार प्रकाश तिमल्सिनाले परम्परा मिचिएको टिप्पणी गरेका छन् भने विश्लेषकहरूले यो निर्णय सरकारको पहिलेदेखिकै नियोजित र दुराशयपूर्ण अभिप्राय भएको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button