२५ बैशाख २०८३, शुक्रबार

मुस्ताङमा सेनाको ‘हाइअल्टिच्युड’ उद्धार अभ्यास

मुस्ताङ – नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास बिहीबारदेखि मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जोमसोममा सुरु भएको छ। इन्द्रबक्स गणको आयोजनामा भएको यस अभ्यासमा मनाङको भैरवी दल गुल्म र सैनिक उच्च शिखर शिक्षालय कैसाङसमेत गरी ५५ जनाभन्दा बढी सैनिक सहभागी छन्।

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने जोखिम न्यूनीकरण गर्न यस अभ्यासको उद्देश्य रहेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताए। पहिलो दिन इन्द्रबक्स गण नजिकैको चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लाइमिङको अभ्यास गरिएको थियो भने दोस्रो दिन शुक्रबार घरपझोङ–५ स्थित चार हजार मिटर उचाइको हिमनदीमा अलपत्र यात्रीको खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ।

अभ्यासको अवलोकन पश्चिम पृतनापति उपरथि भोलानाथ थापा, २३ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी विजय केसी लगायतले गरेका थिए। सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रतिनिधिको पनि उपस्थितिले सुरक्षा निकायबीचको समन्वय झल्काएको छ। सेनाले यस अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको उद्धारमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button