२५ बैशाख २०८३, शुक्रबार

काठको मुढाले च्यापिएर १४ वर्षीय बालकको मृत्यु

हुम्ला – सर्केगाड गाउँपालिका–८ फुचामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका १४ वर्षीय कविन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार निलकण्ठ आधारभूत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला घटना भएको हो। सोही वडाका धनविर सार्की र सुकविर सार्कीले काठ चिरान गरी मुढा पल्टाउने क्रममा बालक च्यापिएका थिए।

च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको डिएसपी खड्काले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button